+977 057-526158
admin.hetaudayatayat@bagamati.gov.np
Government of Bagamati Province
Ministry of Labour, Employment and Transport
Transport Management Office, Hetauda
Thanabharang, Hetauda, Nepal
Frequently asked questions
Q no. 1) सवारी चालक अनुमतिपत्रको नवीकरण कहिले गर्नुपर्छ र शुल्क, जरिवाना के कति लाग्छ ?
  • वहाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र नवीकरण गरिसक्नुपर्छ ।
  • वहाल अवधिपछिको ९० दिन सम्म पनि अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्षसम्म १००%,
  • दुइ वर्षसम्म २००%, तीन वर्षसम्म ३००%, चार वर्षसम्म ४००% र पाँच वर्षसम्म ५००% थप जरिवाना र दस्तुरसमेत लाग्छ,
  • यस्तो नवीकरण पाँच वर्ष लागि कायम रहनेछ । पाँच वर्षम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्द हुनेछ,
  • ५००% जरिवानाको म्याद (५ वर्ष) पनि गुज्रेमा यस्तो अनुमतिपत्रको नवीकरण गरिने छैन,

सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागी रु ३०००/-¸ मझौला सवारीका लागी रु २५००/-¸ मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागी रु २०००/- र मोटरसाइकल, स्कुटरका लागी रु १५००/- लाग्नेछ । तर एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएकाहरूको हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्नेछ ।

Q no. 2) सवारी चालक अनुमतीपत्र हराएमा के गर्ने ?

यदि केही गरी आफ्नो सवारी चालक अनुमती पत्र हराएमाः

  • आफ्नो बसोबास भएको जिल्ला वा स.चा.अ.प.हराएको जिल्ला स्थित ट्राफिक प्रहरी कार्यालयबाट हराएको हो भनी दिएको पत्र लिइ आउने,
  • सवारी चालक अनुमतीपत्रको प्रतिलिपि, ट्राफिक प्रहरी कार्यालयको पत्र र नागिरकताको फोटोकपीका साथ सम्बन्धित व्यक्ति आफै यातायात व्यवस्था कार्यालयको कम्प्युटर फाँट वा सवारी चालक अनुमती पत्र अभिलेख शाखामा सम्पर्क गर्ने ।

तर प्रतिलिपि लिनको लागि स.चा.अ.प. जारी गर्ने कार्यालयमानै पुग्नुपर्ने हुन्छ ।

Q no. 3) सवारी चालक अनुमतिपत्रमा कुनै विवरण गलत भएमा अभिलेख सच्याउनका लागि के गर्नुपर्छ ?

सवारीचालक अनुमतिपत्रमा बाहकको कुनै अभिलेख वा विवरणमा केही छुट भएको वा थप गर्नुपर्ने वा गल्ती भएको भए सवारी चालक अनुमतिपत्र जारी गर्ने सम्बन्धित कार्यालयमा संवन्धित व्यक्ति आफैं त्यस्तो सच्याउनुपर्ने व्यहोराको पुष्टयाइ सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ । सम्बन्धित कार्यालयले प्राप्त निवेदन हेरी अभिलेख थप गर्न वा सच्चाउन सकिनेछ ।

Q no. 4) चालक अनुमतिपत्रको प्रतिलिपि लिन के गर्नु पर्छ ? के कस्तो अवस्थामा कसरी लिन सकिन्छ र शुल्क कति लाग्छ ?

चालक अनुमतिपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा कुनै कारणबाट नासिएमा सात दिनभित्र चालकले सम्बन्धित यातायात व्यवस्था कार्यालयमा अधिकारप्राप्त अधिकारीसमक्ष देहाय बमोजिमको दस्तुरसहित तोकिएको ढाँचामा दरखास्त दिनु पर्नेछ ।

अनुमतिपत्र हराएकाको हकमा सम्बन्धित ट्राफिक प्रहरी कार्यालयको सिफारिसपत्रसमेत संलग्न गर्नुपर्नेछ । सवारी चालक अनुमतिपत्र प्रतिलिपि दस्तुर वापत रु ५००/- लाग्नेछ ।

Q no. 5) पहिलनै प्राप्त लाइसेन्समा अरू वर्ग थप समावेश गर्न के गर्नु पर्छ ? के कति शुल्क लाग्छ ?

पहिलेनै प्राप्त गरेको चालक अनुमतिपत्रमा उल्लिखित सवारी साधनको वर्गका अतिरिक्त अन्य कुनै बर्ग थप्न वा समावेश गराउन चाहेमाः

  • चालक वा निवेदकले आफुले समावेश गराउन चाहेको सवारीको किसिम खुलाई Online Form भर्ने, (कृपया Online Form भर्दा निवेदक आफैंले आफ्नो विवरण फरक नर्नेगरी भर्नुहोला, फरक परेमा कार्यालयबाट सच्याउन मिल्नेछैन)
  • सो फर्ममा तोकिएको मितिमा सम्बन्धित यातायात व्यवस्था कार्यालयमा दर्ता गर्ने,
  • प्राप्त दरखास्त साथ संलग्न कागजातहरु रुजू गरी स्वीकृत भएमा सामान्यतया बढीमा १ हप्ताभित्र त्यस्ता निवेदकहरुको प्रयोगात्मक परीक्षा लिइन्छ ।
  • पहिले कुनै सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेका व्यक्तिहरुले थप सवारीका लागि अनुमतित्र प्राप्त गर्न पुनः लिखित परीक्षा दिनुपर्दैन,
  • यस्ता निवेदकहरुको अनुमतिपत्र लिन चाहेको सवारीको परीक्षा समितिले तोके बमोजिमको स्थान, समय र मितिमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइन्छ,
  • प्रयोगात्मक परिक्षास्थलमा परिक्षार्थीले सवारी साधन चलाउन सक्ने नसक्ने वारेमा प्रयोगात्मक विधिवाट परिक्षा लिईन्छ,
  • प्रयोगात्मक परीक्षाामा उत्तीर्ण भएमा साेहि दिन सेवाग्राहिले लिइ आएको प्रवेशपत्रमा केन्द्राध्यक्षले पास जनाइ कम्तिमा १० दिनको अवधिभित्र कार्यालयमा स्मार्ट कार्डको लागि शुल्क बुझाउन सूचना दिनेछन र सोहि बमोजिम परीक्षार्थीले राजश्व बुझाइ रसिद लिनुपर्नेछ, (नोटः उत्तीर्ण भए पश्चात कम्तिमा १२ महिनाभित्र राजश्व बुझाइसक्नुपर्छ अन्यथा स्मार्टकार्ड छपाइ हुँदैन र उत्तीर्ण भएको विवरण सफ्टवेयरले एप्रुभ गर्दन)

यस गतिविधिलाई सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट समेत सिसिटिभी मार्फ अवलोकन गरि पारदर्शी परीक्षा प्रणाली अवलम्बन गरिन्छ ।

Q no. 6) सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि दरखास्त दिने व्यक्तिको योग्यता के हुनु पर्दछ ?

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ५१(क,ख,ग) अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि दरखास्त दिने व्यक्तिको योग्यता देहाय बमोजिम भएको हुनुपर्नेछः

(१) ठूलो सवारीको निम्ति २१ वर्ष उमेर पूरा गरेको व्यक्ति,

(२) मझौला तथा साना सवारीको निम्ति १८ वर्ष उमेर पूरा गरेको व्यक्ति,

३) कार, जीप र तीन पाङ्ग्रे लगायतको दुइ पाङ्ग्रे सवारीको लागि १६ वर्षउमेर नपुगेको व्यक्ति,

र तपशिल बमोजिमको स्वास्थय सम्बन्धी तन्दुरूस्ति नभएका व्यक्तिहरू योग्य हुनेछैनन्ः

(१) छारे रोग भएको वा मानसिक असन्तुलन भएको कारणले सवारी साधन चलाउन असमर्थ भएको,

(ख) आँखाको देख्ने शक्ति कमजोर भइ चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको,

(ग) साधारण ध्वनी, संकेत, आवाज सुन्न नसक्ने,

(घ) रातो, हरियो, पँहेलो इत्यादि रङ्गहरू तुरून्त छुट्याउन नसक्ने दृष्टिदोष भएको,

(ङ) रतनधो भएको व्यक्ति, तर फरक क्षमता भएका व्यक्तिका निम्ति खास किसिमले बनेका सवारीको निमित्त यो खण्डको बन्देज लागु हुनेछैन,

(च) आधारभूत तह उत्तीर्ण नभएको व्यक्ति,

(छ) दफा ६५ बमोजिम चालक अनुमतिपत्र रद्द भएकोमा त्यस्ताे रद्द भएको मितिले पाँच वर्ष अवधि पूरा नभएको व्यक्ति ।

(माथि उल्लेखित स्वास्थ्य सम्बन्धी तन्दुरूस्तीको परीक्षण कार्यालयमा रहेका नेपाल सरकारबाट मान्यताप्राप्त चिकित्सकले परीक्षण गर्नेछन् )

Q no. 7) प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएमा पुनः कति पटक र कहिले कहिले परीक्षा दिन पाइन्छ ?

कुनैपनि वर्गको प्रयोगात्मक परीक्षामा असफल भएमा पुनः

असफल भएको मितिले कम्तिमा १ हप्ता पछिदेखि ९० दिन भित्रमा पुनः २ पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ । तर वर्ग थपको हकमा पुनः प्रयोगात्मक परीक्षा दिन पाइदैन र पुनः वर्ग थपको लागि Online Form भर्नुपर्छ ।

(नोटः नयाँ फर्म दर्ता गर्ने दिनहरूः हप्ताको आइतबार, सोमबार, मंगलबार र बुधबार मात्र ---- पुनः प्रयोगात्मक परीक्षाा (Re-Trial) परीक्षाको लागि Online Form भर्नुपर्दैन, सिधै कार्यालयमा हप्ताको बिहिबार र शुक्रबार आइ दर्ता गराइ परीक्षा शुल्क बुझाइ प्रवेशपत्र लिनुपर्छ ।

Q no. 8) सवारीचालक अनुमतिपत्रको लागि फर्म (नयाँ तथा वर्ग थप) कहिले कहिले भर्न मिल्छ ?

सवारीचालक अनुमतिपत्रको लागि फर्म भर्ने दिनहरूः

विवरण

आइतबार

सोमबार

मंगलबार

बुधबार

बिहिबार

शुक्रबार

नयाँ दर्ता

हुन्छ हुन्छ हुन्छ हुन्छ हुदैन हुदैन

वर्ग थप

हुन्छ हुन्छ हुन्छ हुन्छ हुदैन हुदैन

नवीकरण

हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ

Re-Trial दर्ता

हुदैन हुदैन हुदैन हुदैन हुन्छ हुन्छ