+९७७ ०५७-५२६१५८
admin.hetaudayatayat@bagamati.gov.np
बागमती प्रदेश सरकार
श्रम, राेजगार तथा यातायात मन्त्रालय
यातायात व्यवस्था कार्यालय, हेटौँडा
थानाभर्याङ्ग, हेटौँडा, नेपाल

हाम्रो बारेमा

पृष्ठभूमिः

२०४२ सालदेखि नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय, पर्सा, वीरगञ्जको शाखा कार्यालयको रूपमा स्थापना भई सोही कार्यालयकै कर्मचारीहरूलाई आलोपालो कर संकलनको लागि खटाई सेवा शुरू भएको । यातायातका सवारी साधनहरूको संख्या बृद्धि र कार्यचाप बढेपछि नेपाल सरकारको मिति २०७१।०४।३० गतेको निर्णयबाट छुट्टै कर्मचारी दरवन्दी रहने गरी यातायात व्यवस्था विभागको मातहत रहनेगरी यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाको स्थापना भएको हो । खासगरी अस्थायी मार्ग ईजाजत (पटके), मार्ग ईजाजतपत्र नवीकरण र सवारी कर, शुल्क, दस्तुर तथा जरिवाना संकलन गर्ने मुख्य जिम्मेवारी दिइएको र सोहि अनुरूप सञ्चालन हुँदै आएको हो ।

नेपालको संविधान बमोजिम देश संघीय संरचना अन्तरगत रूपान्तरण भए पश्चात नेपाल सरकार (मा.मन्त्रीस्तर)को मिति २०७५।०८।२० को निर्णय अनुसार तत् तत् कार्यालयमा व्यवस्था रहेको मौजुदा कर्मचारी दरबन्दी र संरचना समेत सोहि बमोजिमनै रहने गरी प्रदेश सरकारमा हस्तान्तरण भई यस कार्यालय हाल बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत संचालित छ । 

सवारी साधन दर्ता, नवीकरण, सवारी जाँचपास, मार्ग इजाजतपत्र र सवारीचालक अनुमतिपत्र तर्फका सबै कार्यहरूः नयाँ दर्ता, लिखित तथा प्रयोगात्मक परीक्षा संचालन, नवीकरण, प्रतिलिपि सम्बन्धी कार्यहरू प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ र सवारीसँग सम्बन्धीत सम्पूर्ण प्रचलित कानून बमोजिम कार्य गर्नेगरी प्रदेश सरकार, बागमती प्रदेशको २०७५।०९।२३ को निर्णयानुसार अधिकार प्रत्यायोजन भई यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाको नामबाट कार्यालय संचालन हुँदै आएको छ । तथापि कार्यालयको दरवन्दी संरचना भने साविककै यथावत रहेको छ । 

मुख्य कामहरूः

  • सवारी साधन कर संकलन
  • रुट पर्मिट जारी तथा नविकरण
  • जाँचपास
  • अस्थाई रुट इजाजत पत्र (पटके)
  • सवारी दर्ता (साबिक बागमति अञ्चलमा दर्ता भई लिलाम भएका सवारी साधन समेत,  लिलाम दर्ता)
  • सवारीचालक अनुमति पत्र नविकरण तथा नयाँ जारी
  • वर्कशप तथा सवारीचालक प्रशिक्षण केन्द्र दर्ता, अनुगमन, नियमन
  • यातायात सेवा पञ्जिकरण राजमार्ग अनुगमन

कार्यक्षेत्र:

प्रदेश सरकारबाट हाल यातायत कार्यलयका लागि कार्यक्षेत्र नतोकिएकोले यस प्रदेश अन्तरगतका १३ वटै जिल्ला लाई समेटेर यातायात सम्बन्धी सेवा प्रवाह भईरहेको । साथै अन्य प्रदेशमा दर्ता भएका सवारी तथा अन्य प्रदेशबाट जारी सवारीचालक अनुमतिपत्र भएतापनि यस प्रदेशमा स्थायी बसोबास गर्ने सवारी धनीहरुलाइसमेत सेवा प्रदान गरिएको ।